काठमाडौ । संसदमा सबै भन्दा ठूलोदल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीलाई केही बेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउँदै हुनुहुन्छ ।
नवनियुक्त प्रधानमन्त्री ओली सहित अन्य मन्त्रीको सपथको तयारी पुरा भएको राष्ट्रपति कार्यलय स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग हाल मन्त्रीमण्डलमा रहेका सबै सदस्यहरुले सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सपथ गर्दे हुनुहुन्छ ।
आज हाल कायम रहेका मन्त्रीहरुलाई नै सपथ गराउने र केही समय पछि मात्र मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको उहाँ निकट नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो ।











