• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन लागेको बताइएको छ ।

स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

काठमाडौं फर्किएलगत्तै भोलि (आइतबार) मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिस गरिसकेको छ । जसअनुसार जनमतबाट अनितादेवी मन्त्री बन्ने भएकी छन् ।