२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

उपत्यकामा हाटबजार, कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यको अवसर – फोटो फिचर

उपत्यकामा हाटबजार, कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यको अवसर – फोटो फिचर
अ अ+ अ-

काठमाडौ । पछिल्लो केही वर्ष यता काठमाडौ उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ ।

बिभिन्न स्थानमा शनिबार कृषिजन्य सामग्रीको स्टल राखिने गरी रैथाने कृषि हाटबजार सुरू भएपछि क्रेता र बिक्रेता दुबैको आकर्षण र चासो बढेको छ । दरबारमार्ग, लाजिम्पाट, भनिमण्डल लगायतका क्षेत्रमा हाटबजार लाग्ने गरेको छ । यस्ता हाटबजार बिहानदेखि मध्याह्न १२ बजे सम्म सञ्चालन हुने गरेका छन् ।

कृषि हाटबजारमा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी फलफूल र तरकारी पाइन्छ । यसैगरी कृषिजन्य सामग्रीहरु फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राख्ने गरिन्छ ।

दरबारमार्गको हाटबजारमा सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरू मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्लो, ढिकी, ओदान जस्ता सामाग्री प्रदर्शनीमा राखिएको छ ।

बजारमा हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउबिजन, बिरूवा, फूल र प्राङ्गारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, मासुजन्य थोक र बेकरी, कफी तथा चियाका स्टल समेत देख्न सकिन्छ ।

जहाँ किसान उपभोक्ताबीच सिधा सम्पर्क हुने गरेको छ । यस्तो बजारका कारण जैविक विविधता र मौलिक नेपाली खानाको प्रचारप्रसार समेत हुने गरेको छ ।