२४ असार २०८३, बुधबार
,
Latest
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः सिटीको सानदार सुरुवात



अ+ अ-

एजेन्सी । साविक विजेता म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत विजयी सुरुवात गरेको छ ।

गएराति भएको प्रिमियर लिगको पहिलो खेलमा सिटीले बर्नलेलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले दुई तथा रोड्रीले एक गोल गरे । खेलको चौंथो मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई रोड्रीले पास उपलब्ध गराए ।

३६ औं मिनेटमा हालाण्डले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । युलियन अल्भारेजको पासमा उनले गोल गरे । ७५ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

सिटीले पहिलो खेलबाट ३ अंक जोडेको छ । यता नवप्रवेशी बर्नले भने हारबाट लिगको सुरुवात गरेको छ ।