२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः सिटीको सानदार सुरुवात



अ+ अ-

एजेन्सी । साविक विजेता म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत विजयी सुरुवात गरेको छ ।

गएराति भएको प्रिमियर लिगको पहिलो खेलमा सिटीले बर्नलेलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले दुई तथा रोड्रीले एक गोल गरे । खेलको चौंथो मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई रोड्रीले पास उपलब्ध गराए ।

३६ औं मिनेटमा हालाण्डले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । युलियन अल्भारेजको पासमा उनले गोल गरे । ७५ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

सिटीले पहिलो खेलबाट ३ अंक जोडेको छ । यता नवप्रवेशी बर्नले भने हारबाट लिगको सुरुवात गरेको छ ।