२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिलको आक्रोश: गृहमन्त्रीलाई आतंककारीको संज्ञा ,प्रधानमन्त्रीमा पावरको उन्माद देखियो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाउनुभएको छ । रोल…

शुक्रवार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त हुनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताउनु भयो ।

उहाँले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताउनु भयो । उहाँले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर गुन तिर्नुभएको बताउनु भयो । उहाँले काँग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करका संरक्षकहरु विशेषत: अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो । यो ३० वर्ष पुरानो फाइल मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो । मेरो एजेण्डामा सबै विपक्षी साथीहरुले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ । मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ,उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि । मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन । प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ । मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ । उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ । माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन ।’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीलै सत्तामा बसिरहन नैतिकताले नदिने बताउनु भयो । शुक्रवार काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीवार पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताउनु भयो ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो पक्राउ गरेका मा जिल्ला अदालतले साधरण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।