६ श्रावण २०८३, बुधबार
,
Latest
एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिलको आक्रोश: गृहमन्त्रीलाई आतंककारीको संज्ञा ,प्रधानमन्त्रीमा पावरको उन्माद देखियो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाउनुभएको छ । रोल…

शुक्रवार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त हुनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताउनु भयो ।

उहाँले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताउनु भयो । उहाँले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर गुन तिर्नुभएको बताउनु भयो । उहाँले काँग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करका संरक्षकहरु विशेषत: अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो । यो ३० वर्ष पुरानो फाइल मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो । मेरो एजेण्डामा सबै विपक्षी साथीहरुले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ । मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ,उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि । मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन । प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ । मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ । उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ । माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन ।’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीलै सत्तामा बसिरहन नैतिकताले नदिने बताउनु भयो । शुक्रवार काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीवार पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताउनु भयो ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो पक्राउ गरेका मा जिल्ला अदालतले साधरण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।