४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कोही नेपालीले पैसा नभएका कारण ज्यान गुमाउनुपर्दैन – मन्त्री बस्नेत

कोही नेपालीले पैसा नभएका कारण ज्यान गुमाउनुपर्दैन – मन्त्री बस्नेत
file:rss
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भन्नुभयो, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।”

कार्यक्रममा उहाँले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताउनुभयो । “कोही नेपाली पैसा नभएका कारण मर्दैनन् । त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ”, मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं ।”

उहाँले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताउनुभयो । आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका पहलका लागि तथ्यमा आधारित निर्णय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, नीतिगत सुधार र सुशासन तथा प्रशासनिक सुधारमा काम गरेको दाबी गर्नुभयो ।

उहाँले आफ्नो एक सय दिनको कार्य अवधिमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरणको आवश्यकताअनुसार वितरण, गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ९२०८०–२०९०० र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो पहलमा कटौती भएर आएको बजेटमा रु १० अर्ब बजेट थप गर्न सफल भएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न राजनीतिक व्यक्तिको सहभागिता रहेको थियो ।