४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोही नेपालीले पैसा नभएका कारण ज्यान गुमाउनुपर्दैन – मन्त्री बस्नेत



file:rss
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भन्नुभयो, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।”

कार्यक्रममा उहाँले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताउनुभयो । “कोही नेपाली पैसा नभएका कारण मर्दैनन् । त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ”, मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं ।”

उहाँले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताउनुभयो । आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका पहलका लागि तथ्यमा आधारित निर्णय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, नीतिगत सुधार र सुशासन तथा प्रशासनिक सुधारमा काम गरेको दाबी गर्नुभयो ।

उहाँले आफ्नो एक सय दिनको कार्य अवधिमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरणको आवश्यकताअनुसार वितरण, गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ९२०८०–२०९०० र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो पहलमा कटौती भएर आएको बजेटमा रु १० अर्ब बजेट थप गर्न सफल भएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न राजनीतिक व्यक्तिको सहभागिता रहेको थियो ।