२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको यात्रा बायर्नतर्फ



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका कप्तान ह्यारी केन जर्मन लिग च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुन तयार भएका छन् ।

टोटेनहमले मेडिकल जाँचका लागि केनलाई जर्मनीको भ्रमण गर्न अनुमतिसमेत दिएको छ ।

स्पर्समा एक वर्ष सम्झौता बाँकी रहेका केनका लागि बायर्नले एक सय मिलियन युरोभन्दा बढी खर्चन तयार भएको बताइएको छ । उनले बायर्नमा चार वर्षको सम्झौता गर्न सक्नेछन् ।

३० वर्षीय केन टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले ४३५ खेलमा २८० गोल गरेका छन् । साथै, उनी प्रिमियर लिग इतिहासमै सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेका छन् । उनले ३२० खेलमा २१३ गोल गरेका छन् ।