९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको यात्रा बायर्नतर्फ



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका कप्तान ह्यारी केन जर्मन लिग च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुन तयार भएका छन् ।

टोटेनहमले मेडिकल जाँचका लागि केनलाई जर्मनीको भ्रमण गर्न अनुमतिसमेत दिएको छ ।

स्पर्समा एक वर्ष सम्झौता बाँकी रहेका केनका लागि बायर्नले एक सय मिलियन युरोभन्दा बढी खर्चन तयार भएको बताइएको छ । उनले बायर्नमा चार वर्षको सम्झौता गर्न सक्नेछन् ।

३० वर्षीय केन टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले ४३५ खेलमा २८० गोल गरेका छन् । साथै, उनी प्रिमियर लिग इतिहासमै सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेका छन् । उनले ३२० खेलमा २१३ गोल गरेका छन् ।