५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ: सांसद पौडेल

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ: सांसद पौडेल
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राख्नुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताउनुभएको हो ।

उहाँले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुको रुपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताउनुभएको हो । संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउनसक्ने उहाँको भनाई छ । उहाँले संसदीय समितिले प्राविधिक रुपमा सिआइबि लगायतका सरकारी संयन्त्रहरुलाई पनि प्रयोग गर्नसक्ने बताउनु भयो । सांसद पौडेलले संसदीय समितिले विज्ञहरुको समिति बनाएर त्यसको सुझाव र प्रतिवेदन लिएर पनि छानबिन गर्नसक्ने बताउनु भयो । उहाँले संसद भित्रैबाट सांसदहरुको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदका सबै दलहरु मिलेर समिति बनाउनुपर्ने आवश्यकता हो भने संसदीय समिति नै सबै दल मिलेको समिति हो । त्यसैले त्यही समितिले छानबिन गर्नसक्छ । त्यसले प्रधानमन्त्रीलाई बयानका लागि पनि बोलाउन सक्छ । गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्छ । सिआइबिले प्रधानमन्त्री, गृहमन्त्रीलाई बयान लिने आँट गर्न सक्दैन । त्यसैले संसदको समितिले नै निगरानी गर्नेगरी, छानविनको प्रक्रियालाई अगाडी लानेगरी प्राविधिक रुपमा सिआइबि लगायत सरकारी संरचनालाई नै प्रयोग गरेर छानबिन गर्ने स्थिति बनाउन सकिन्छ । अथवा संसदीय समितिले विज्ञहरुको एउटा छुट्टै समिति बनाउन सक्छ ।

अनुसन्धानमा पोख्तता हासिल गरेको, विज्ञता हासिल गरेका व्यक्तिहरुको समिति संसदीय समितिले बनाउन सक्छ । त्यो संसदीय समितिले बनाएको समितिबाट सुझाव लिएर, प्रतिवेदन लिएर त्यसलाई कार्यान्वयन गर्नका निम्ति त्यसलाई संसदमा ल्याउन सकिन्छ । संसद भित्रैबाट सांसदहरुको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ छैन । म पनि सांसद हुँ तर प्राविधिक हिसावले त्यो विषय म राम्ररी बुझ्दिन । त्यसको छानविनका लागि सांसदको मात्रै समिति बनाउनुको त कुनै अर्थ छैन । त्यसले मनिटरिङ गर्ने हो, निगरानी गर्ने हो, निर्देशित गर्ने हो । कसैको बयान लिनुपर्‍यो भने त्यो समितिले बयान लिने हो । त्यसको निम्ति संसदीय समितिले नै गर्नसक्छ ।’

उहाँले संसद सधैँ अवरुद्ध गरेर गाईजात्रा देखाइएको टिप्पणी गर्नुभयो । संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने बताउनु भयो । संसदको अवरोध खुलाउन मुख्य रुपमा तीन शिर्ष नेताहरुको जिम्मेवारी भएको बताउनु भयो ।