५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी



अ+ अ-

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिनुभयो । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उहाँले भन्नुभयो, “यो वर्ष रु तीन लाखको फल बिक्री भइसक्यो, अझै रु चार लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु ।”

ड्रागन खेती सुरु गरिएको १३ महिनामा पहिलोपटक उत्पादन भई फल बिक्री गर्न सुरु गरिएको कृषक गुरुङले जानकारी दिनुभयो । विसं २०७७ चैत महिनामा बूढीगण्डकी नदी किनारमा पर्ने लापुबेँसीमा लगाइएको उक्त खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । पहिलो वर्ष अपेक्षा गरिएअनुसार उत्पादन नभए पनि यो वर्ष भने ड्रागन फ्रुटले मनग्य आम्दानी दिएको उहाँको भनाइ थियो ।

चर्चित मनास्लु पदमार्गको छेवैमा लगाइएको ड्रागन फ्रुट यतिबेला जताततै फुलेको देख्दा पदर्मागमा पुग्ने पर्यटकसमेत लोभिएर एकछिन उभिएरै भए पनि फार्म अवलोकन गर्ने गरेको कृषक गुरुङले बताउनुभयो ।

“उत्पादित ड्रागन फ्रुट आधाजसो यहीँ नै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी भने मागको आधारमा आरुघाट, गोरखा बजार र राजधानी पठाउने गरेको छु ।” फार्ममा एक हजार चार सय बोट ड्रागन फ्रुट लगाइएकामा सात वटा बोट मात्र सेतो र बाँकी सबै रातो प्रजातिका छन् ।

उत्पादित फल प्रतिकिलो रु छ सयसम्ममा बिक्री हुने गरेको छ । “एकदुई किलो लैजाने ग्राहकलाई प्रतिकिलो रु छ सय लिने गरेको छु”, कृषक गुरुङले भन्नुभयोे, “होलसेल मूल्यमा लैजानेलाई भने रु पाँच सयका दरले बिक्री गर्ने गरेको छु ।” समुद्री सतहबाट आठ सय ५० मिटर उचाइमा रहेको जमिनमा ड्रागन खेती गरिएको उहाँले बताउनुभयो ।

सामान्यतया ड्रागन फ्रुट एक हजार दुई सय मिटरसम्मको उचाईमा पनि खेती गर्ने गरिएको छ । उहाँले ड्रागन खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवा पुस्तालाई विदेशिनुभन्दा व्यावसायिकरुपमा यहीँ खेतीतर्फ लाग्नसमेत सुझाव दिनुभयो । सुरुआती चरणमा रु १३ लाख खर्चेर खेती सुरु गरिएकामा अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले रु तीन/तीन लाख गरी कूल रु छ लाख अनुदान उपलब्ध गराएका कृषक गुरुङले बताउनुभयो ।

पछिल्लोपटक भने गाउँपालिकाले उक्त खेतीभित्र मौरी परीक्षणका रूपमा पाल्न अनुदान उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा गाउँपालिकाको टोलीले उक्त ड्रागन फार्मको अनुगमन पनि गरेको थियो ।रासस




भर्खरै