५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत
file:rss
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताउनुभएको हो ।

उहाँले अब एकजना मान्छेपनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताउनु भयो । उहाँले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताउनु भयो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताउनु भयो । उहाँले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामीभित्र भएका बुद्धि, सीप, साधनलाई सक्रिय बनाएर अब नेपालमा प्रधानमन्त्रीज्यु, हजुरकै पालामा अब एकजना मान्छेपनि पैसा नभएको कारणले हस्पिटलको बरण्डाबाट आत्महत्या गर्नुपर्दैन । बाटामा मर्नुपर्दैन । घरमा मर्नुपर्दैन । हामी जसरी पनि गर्छौं र अहिले गरिरहेका छौँ । स्वास्थ्य मन्त्रालय मन्त्रालय भन्दापनि एउटा ठूलो अस्पतालजस्तो भइराखेको छ । दिनमै १२/१५ जना बिरामी आइरहन्छन् ।

म प्रधानमन्त्रीज्युलाई निवेदन गर्न चाहन्छु, द्वन्द्वका बेलामा घाइते भएकाहरुको अझैपनि उपचार आइसकेको छैन । हामीले केही मान्छेहरुलाई बोलाएर गरिरहेका छौँ । यसले चाँडोभन्दा चाँडो निर्णय गरेर हामीलाई जिम्मा लगाइदिनुस् । हामी गर्छौं । समस्या समाधान गर्ने र राज्यले घोषणा गरेको वा संविधानमा व्यवस्था गरेको जनताको आधारभुत स्वास्थ्य सेवालाई हामी जसरी पनि व्यवस्थापन गर्छौं । फेरि दोहोर्‍याउन चाहेँ । कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन । त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ ।’

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताउनु भयो । उहाँले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताउनु भयो । अस्पतालहरुले १० प्रतिशत नि:शुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताउनु भयो ।