२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
सांकेतिक तस्बिर
अ अ+ अ-

दाङ । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका–१० थापाचौर घर भएका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती रहेका छन् ।

मुस्कान घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि अनुसन्धान गर्दै जाँदा सल्यान शारदा नगरपालिका–९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा सल्यान जिल्ला प्रहरी कार्यालयको सहयोगमा रा७प ३०८४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको नायब प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

यसैबीच स्कुटी चोरी गर्ने तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ घर भई हाल वडा नं ५ बस्ने १६ वर्षीय सङ्केत, तुलसीपुर उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सन्तोष परियार र दङ्गीशरण गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षीय नविन परियार रहेका छन् ।

यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका– ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा८प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर चोरी गरिएको थियो । भोलिपल्टै निजले दङ्गीशरण गाउँपालिका–६ बस्ने १९ वर्षीय नविन परियारलाई रु दस हजारमा उक्त स्कुटी बिक्री गरेका थिए । नविनले स्कुटी खरिद गरेर घरको कोठामा लुकाइछिपाइ राखेको अवस्था प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी कसुर मुद्दा दर्ता गराएर जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रमुख मल्लले जानकारी दिनुभयो । रासस