१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरू सिटी अस्पतालकी डाक्टर पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट सुमेरू सिटी हस्पिटलकी डा.पुनम थापा चौधरीलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरिएको हो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सिआइबीले शुक्रबार बिहान मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेको थियो । यस्तै, बिहीबार यस अपरेशनमा सांसद सुनीलकुमार शर्मासहित ५ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो।ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ ।