२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरू सिटी अस्पतालकी डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरू सिटी अस्पतालकी डाक्टर पक्राउ
अ अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट सुमेरू सिटी हस्पिटलकी डा.पुनम थापा चौधरीलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरिएको हो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सिआइबीले शुक्रबार बिहान मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेको थियो । यस्तै, बिहीबार यस अपरेशनमा सांसद सुनीलकुमार शर्मासहित ५ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो।ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ ।