१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता केसीको शंका: सुन तस्कारीका बारेमा आबाज उठाउने शर्मा पक्राउ पर्नु सयोग मात्र होला र ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले सुन तस्कारीका बारेमा संसदमा सशक्त आवाज उठाउँदै गर्दा सासद सुनिल शर्मा पक्राउ पर्नु संयोगमात्र हो भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक संञ्जालमा केसीले लेख्नुभएको छ ‘संसद मा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुन: युद्धस्तरमा ताते को हो रु या संयोग मात्र हो रु यो गम्भीर र आम चासो को विषय बनेकोछ।’

उहाँले लेख्नुभएको छ-

भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो। त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’अपरेसन ले मा.सुनिल शर्मा लाई पक्राउ गरेको छ। संसद मा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुन: युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासो को विषय बनेकोछ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिजो काठमाडौँबाट नियन्त्रणमा लिएको थियो । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।