२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेट गर्नुहुँदै



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाउनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लाग्नु भएको बताइएको छ ।

राष्ट्रपति पौडेलले हिजो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्नुभएको थियो ।

भेटमा संसदमा भएको अवरोधको बारेमा राष्ट्रपतिले चासो राख्नुभएको थियो । एमालेको अवरोधका कारण लामो समयदेखि संसद चलेको छैन ।

गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ । सरकार भने छानबिन समिति नबनाउने अडानमा छ । दुवैको अडानका कारण संसद चल्न सकेको छैन ।