१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको हवाईमा भिषण आगलागी, ५३ जनाको मृत्यु, कैयौं घाइते



अ+ अ-

काठमाडौं: संयुक्तराज्य अमेरिकाको पर्यटकीय हवाई राज्यमा भएको भिषण आगलागीमा परेर ५३ जनाको मृत्यु भएको छ ।

समाचार संस्था एपी र बिबिसीका अनुसार हवाईको माउई टापुमा भएको आगलागीबाट १००० भन्दा बढी घरहरुमा क्षति पुगेको छ ।

पछिल्लो समय अत्यन्त धेरै गर्मी बढेसँगै आगलागी शुरु भएको थियो । हवाईका गभर्नर जस ग्रीनका अनुसार आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । अनियन्त्रित डढेलोको रुप लिएको यस आगलागीबाट बच्न कतिपय मानिसहरु समुद्रमा हाम फालेका थिए ।

गभर्नर ग्रीनले मृतकको संख्या अझ बढ्न सक्ने बताउनु भएको छ । उहाँले आगलागी भएको क्षेत्रमा खोजी र उद्धारको कार्य जारी रहेको पनि बताउनुभयो । सन् १९६१ यताकै यो सबैभन्दा घातक प्राकृतिक विपदा हो । त्यसबखत बीग आइल्यान्डमा सुनामीका कारण ६१ जनाको ज्यान गएको थियो ।