४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको हवाईमा भिषण आगलागी, ५३ जनाको मृत्यु, कैयौं घाइते



अ+ अ-

काठमाडौं: संयुक्तराज्य अमेरिकाको पर्यटकीय हवाई राज्यमा भएको भिषण आगलागीमा परेर ५३ जनाको मृत्यु भएको छ ।

समाचार संस्था एपी र बिबिसीका अनुसार हवाईको माउई टापुमा भएको आगलागीबाट १००० भन्दा बढी घरहरुमा क्षति पुगेको छ ।

पछिल्लो समय अत्यन्त धेरै गर्मी बढेसँगै आगलागी शुरु भएको थियो । हवाईका गभर्नर जस ग्रीनका अनुसार आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । अनियन्त्रित डढेलोको रुप लिएको यस आगलागीबाट बच्न कतिपय मानिसहरु समुद्रमा हाम फालेका थिए ।

गभर्नर ग्रीनले मृतकको संख्या अझ बढ्न सक्ने बताउनु भएको छ । उहाँले आगलागी भएको क्षेत्रमा खोजी र उद्धारको कार्य जारी रहेको पनि बताउनुभयो । सन् १९६१ यताकै यो सबैभन्दा घातक प्राकृतिक विपदा हो । त्यसबखत बीग आइल्यान्डमा सुनामीका कारण ६१ जनाको ज्यान गएको थियो ।