२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई लैजादैँ गरिएकी नेपाली किशोरीको उद्धार



अ+ अ-

काठमाडौँ । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो ।

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो ।

मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उहाँले जानकारी गराउनुभयो । बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा ‘सिडब्लु सी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीबिना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन् । रासस