२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष: एमालेले शर्तबन्दी गर्दैन



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताउनुभएको हो ।

बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताउनुभएको हो । उहाँले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताउनु भयो ।

उहाँले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो अस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला । एकजना मित्रले भन्नुभयो, नाम बिर्सिएँ मैले । म नाम अलिक बिर्सिन्छु । अर्को पटक ०८४ मा हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोशि प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कताकता पढेको जस्तो लाग्यो । झलझलि अनुहार याद छ, नामचाहीँ मैले बिर्सें । हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । नेकपा(एमाले) शर्तबन्दी गर्दैन । यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा(एमाले) जहिलेसुकै दृढतापूर्वक उभिएको छ ।’

‘आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट, काम, कारबाहीबाट यो कुरा स्थापित गरेको छ । धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो ? आइएलओ महासन्धि कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्‍यो ? आदिवासी जनजाति सम्बन्धी घोषणापत्रमा कसको भुमिका छ ? हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र ? त्यसलाई कार्यान्वयन गर्न हामी लाग्यौँ ।’

उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताउनु भयो ।