• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अतिक्रमित घर हटाउन महानगरको डोजर पुगेपछि कपनमा तनाव– तस्बिरहरु



काठमाडौँ । कपनमा काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच तनाव उत्पन्न भएको छ ।

खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि दुई स्थानीय तहबीच तनाव भएको हो ।

काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ नगरपालिका–७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएका भन्दै त्यसलाई भत्काउन आएको महानगर प्रहरीका डिएसपी मीनबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना छ ।

तर बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयबासिन्दाले डोजर चलाउन नदिएर अवरोध गरेका छन् । उनीहरुले वर्षाको समयमा डोजर आतंक गरेको आरोप लगाउँदै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । जसका कारण डोजर चलाउन सकिएको छैन ।

अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल भइरहेको बताइएको छ ।