२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच ठाउँहरू जहाँ मृत्यु पनि डराउछ

यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच ठाउँहरू जहाँ मृत्यु पनि डराउछ
लेक नेट्रोन
अ अ+ अ-

एजेन्सी । मृत्युको मिति कहिले आउछ कसैलाई थाहा छैन, तर संसारमा यस्ता केही ठाउँहरू छन् जहाँ मृत्यु पनि डराउछ । संसारमा यस्ता खतरनाक ठाँउ पनि छन्, ती ठाउँहरूमा जानुको अर्थ जुनसुकै बेला ज्यान जान सक्छ।

जानौँ विश्वका अत्यन्त खतरनाक मानिने पाँच स्थानहरु:

दानाकिल मरुभूमि

दानाकिल मरुभूमि

इथियोपियामा अवस्थित यो ठाउँ संसारको सबैभन्दा तातो ठाउँ हो। यो पृथ्वीको सबैभन्दा सुख्खा र तल्लो क्षेत्र मध्ये एक हो। ज्वालामुखीबाट निस्कने लाभा र विशाल नुन भण्डारले भरिएको यो ठाउ हेर्दै अचम्मको छ। यो घातक मरुभूमि १० लाख टनभन्दा बढी नुनले ढाकिएको छ।

 

डेथ भ्याली

डेथ भ्याली

डेथ भ्याली, नामले नै थाहा हुन्छ कि यहाँ जुनसुकै बेला कसैको अन्त्य हुनसक्छ । नेभाडा र क्यालिफोर्नियाको बीचमा रहेको यो डेथ भ्याली उत्तर अमेरिकाको सबैभन्दा तल्लो बिन्दु हो। यसलाई चरम भूमि पनि मानिन्छ। यहाँको उच्चतम तापक्रम ५६.७ डिग्री सेल्सियस रहेको छ। यति मात्र होइन, डेथ भ्यालीमा ७ सय पाउण्डसम्म तौल भएका ढुङ्गाहरू आफैँ सर्छन् । ती ढुङ्गाहरू किन सर्छन् भन्ने रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेको छैन ।

लेक नेट्रोन

लेक नेट्रोन

लेक नेट्रोन उत्तरी तान्जानियाको एउटा खतरनाक ताल मानिन्छ । पत्याउनै गार्हो पर्ने यस खतरनाक नुन तालले जनावरहरूलाई सिधै ढुङ्गामा जमाईदिन्छ । लेक नेट्रोनको अत्यधिक प्रतिबिम्बित र रासायनिक रूपमा बाक्लो पानीले चराहरूलाई झुक्काउने गरेको छ । तालको नजिक पुग्नेबित्तिकै उनीहरु त्यहा खस्छन् र केहि सेकेण्ड मै मर्छन् ।

माउन्ट वाशिंगटन

माउन्ट वाशिंगटन

अमेरिकाको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एक माउन्ट वाशिंगटन पनि हो । यहा पृथ्वीको सतहमा सबैभन्दा शक्तिशाली हावा प्रवाह हुन्छ भनेर गिनिज रेकर्डमा पनि रेकर्ड गरिएको छ। यहा हावाको गति २०३ माइल प्रति घण्टा सम्म पुग्छ। माउन्ट वाशिंगटनको यात्रा अन्त कतै भन्दा बढी खतरनाक छ किनभने तीव्र हावा मात्र नभएर यहाँको माइनस ४० डिग्री तापक्रमले जो कोहिको लागि घातक साबित हुन सक्छ।

स्नेक आईल्याण्ड

यो पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो। साओ पाउलोबाट ९० किलोमिटर टाढा रहेको यस टापुमा संसारमा सबैभन्दा धेरै सर्प पाइन्छ। स्नेक आइल्याण्डलाई इल्हा दा क्विमाडा ग्रान्डे को नामले पनि चिनिन्छ, जहाँ प्रति वर्ग मिटरमा पाँचवटा सर्प पाइन्छ। सर्प यति विषाक्त मानिन्छ कि जसले मान्छेको मासु समेत पगाल्ने गर्छ ।