• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा ★   उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले लगानीकर्ताको मनोबल गिरेको छ: नीजि…

बंगलादेशमा भीषण वर्षापछिको विपद्: उद्धारका लागि सैनिक परिचालन



एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोवास गरिरहेका करिव १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो ।

बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भन्नुभयो, ‘सोमवारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुई जना घाइते भएका छन् ।’

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ । वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ ।

देशको प्रमुख बन्दरगाह शहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले दिनदेखि जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नु परेको छ । बंगलादेशको पहाडी क्षेत्रहरूमा प्राय: जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ । किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठूलो मात्रामा वन विनाश भएको छ ।