५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा भीषण वर्षापछिको विपद्: उद्धारका लागि सैनिक परिचालन



अ+ अ-

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोवास गरिरहेका करिव १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो ।

बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भन्नुभयो, ‘सोमवारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुई जना घाइते भएका छन् ।’

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ । वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ ।

देशको प्रमुख बन्दरगाह शहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले दिनदेखि जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नु परेको छ । बंगलादेशको पहाडी क्षेत्रहरूमा प्राय: जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ । किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठूलो मात्रामा वन विनाश भएको छ ।