२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माताको प्रतिमा तोडफोड गर्ने लाई कडा कारबाही गर्न राप्रपाको माग



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा राखिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा तोडफोड संग्लनलाई कडा कारबाही गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा तोडफोड गरिनु /हटाइनु दु: खद, निन्दनीय भएको भन्दै उक्त कार्यमा संग्लनलाई कडा कारबाही गर्न माग गर्नुभएको हो ।

श्रेष्ठले भन्नुभयो ‘यो घटना गौरवशाली इतिहासप्रतिको चरम अपमान हो, भत्सर्नायोग्य छ। साना वा ठूला आन्दोलनको क्रममा होस् वा कुनै दिवस, उत्सव होस्, पोखराको सडकमा केही मान्छे निस्कने बित्तिकै पृथ्वीनारायण शाहको शालिक वा प्रतिमामाथि निशाना लगाइनु विडम्बनापूर्ण छ।’

उहाँले भन्नुभयो ‘पृथ्वीनारायण शाहकै कारण आफू नेपाली हुन पाएको गौरव भुलेर यस्ता उच्छृङ्खल कार्यमा संलग्न हुनेहरूलाई प्रशासनले नियन्त्रणमा लिइ छानबिन र कारबाही गरिनुपर्छ । नेपाल सरकार, गृह प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिन र दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।’

राप्रपाले वर्षौदेखि पृथ्वीचोकको नामले प्रख्यात पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको शालिक पुन:स्थापनाका लागि तीन तहको सरकार समन्वय गरी आवश्यक व्यवस्था मिलाउन पनि माग गरेको छ ।