३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमालका मौलिक परिकार र सामग्रीले तान्यो दर्शकको मन



अ+ अ-

काठमाडौं । आज २९औँ विश्व आदिवासी जनजाति दिवस देशैभरि यो दिवस मनाइरहँदा कुमाल समुदायले पनि आफ्ना मौलिक खाना, पोसाकसहितका सांस्कृतिक पहिचान प्रदर्शन गरेर काठमाडौँमा यो दिवस मनाएको छ ।

कुमाल समाज नेपाल केन्द्रीय समिति, कुमाल समाज नेपाल काठमाडौँ जिल्ला समिति, कुमाल विद्यार्थी समाज र कुमाल समृद्ध गुठीका झण्डै दुई सय प्रतिनिधि सहभागी भई आफ्नो मौलिक पहिचान र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दिवस मनाइएको कुमाल समाज नेपालका केन्द्रीय महासचिव इ गणेश कुमालले जानकारी दिनुभयो ।

उनीहरूले आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको दिवसको राष्ट्रिय समारोहस्थलमा स्टल नै राखेर काठमाडौँवासीलाई मौलिक परिकार र पहिचान देखाउने प्रयास गरेका थिए । साँझ अबेरसम्म राखिएको स्टलमा माछालगायतका मौलिक रोटी, कालो मासको दालबाट बनाइने फुरौला (बटुक), केराको बुङ्गाबाट बनाइने अचार, तामा र तरुलको तकारी, चुकाउनी, चामलको पिठोबाट बनाइने ढिकर, डाबर साग प्रदर्शन गरी आगन्तुकलाई कुमाल समुदायका मौलिक परिकार पनि चखाएका थिए ।

उनीहरूले खानाका परिकारका साथै कुमाल समुदायले प्रयोग गर्ने मौलिक सामग्री पनि प्रदर्शन गरेका थिए । उनीहरूले स्टलमा प्रदर्शन गरेका माछा मार्ने जाल, माछा राख्ने फुर्लुङ, सिप्रिङ, थुन्छे, ढकी, पानी पर्दा ओड्ने छत्रीमा दर्शकको आकर्षण देखिएको थियो । यो उनीहरूका कामकाजका बेला प्रयोग गर्ने यी मौलिक र नभई नहुने सामग्री हुन् ।

त्यसअघि कुमाल समुदायका प्रतिनिधि काठमाडौँको भृकुटीमण्डपबाट निस्किएको झाँकीसहितको र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीमा भृकुटीमण्डपबाट जाल हान्दै प्रज्ञा प्रतिष्ठानसम्म पुगेको प्रदर्शनीको दृश्यले आकर्षण थपेको थियो । यस्तै माटाको गाग्रो काँधमा राखेर मौलिक झाँकीमा समेत उनीहरू र्‍यालीमा सहभागी भएका थिए । रासस

कुमाल समुदायले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमममा आफ्नौ मौलिक पाङ्दुरे नाच पनि प्रस्तुत गरेका महासचिव कुमालले जानकारी दिनुभयो । उनीहरू कार्यक्रममा सहभागी हुँदा कुमाल समुदायले लगाउने आफ्नो मौलिक पोसाकमा प्रस्तुत भएका थिए ।