• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

मणिपुर हिंसाबारे ‘मोदी सरकारले निष्क्रियता देखाएको’ राहुल गान्धीको आरोप



नयाँदिल्ली । भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप बुधबार लगाउनुभएको छ ।

मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले यसै साता आफ्नो धारणा राख्दै विपक्षीहरूको आरोपको खण्डन गरेको छ ।

संसदमा गान्धीले गरेको कडा सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा सरकारको राजिनामाको मागसहित दर्ता भएको अविश्वास मतको बहसमाथिको एक हिस्सा हो ।

उहाँले भन्नुभयो, “तपाईंहरू देशैभरि मट्टितेल फ्याँक्दै हुनुहुन्छ । तपाईंले मणिपुरमा मट्टितेल फ्याँक्नुभयो यसबाट द्वन्द्व (आगो दन्किएको)छ,” गान्धीले समर्थकको जयजयकार र प्रतिद्वन्द्वी सांसदहरूको कटाक्षबीच भन्नुभयो ।

भारतमा अर्को वर्षको सुरुमा आम निर्वाचन हुनेछ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लाई विपक्षीहरूले चुनावी उद्देश्यका लागि विभाजन भड्काएको आरोप लगाउँदै आएका छन् ।

भाजपाको बृहत् बहुमत रहेको ५४३ सदस्यीय तल्लो सदनमा अविश्वासको मतलाई भाजपाले सहजै बहुमतद्वारा असफल पार्ने अपेक्षा गरिएको छ ।

“भारतीय सेनाले एक दिनमा शान्ति ल्याउन सक्छ, तर तपाईंहरूले त्यसको प्रयोग गरिरहनुभएको छैन,” गान्धीले भन्नुभयो ।

गान्धीले भन्नुभयो, “यदि प्रधानमन्त्री मोदीले भारतको आवाज सुन्नुहुन्न भने कसको आवाज सुन्नुहुन्छरु”

हिंसा नियन्त्रणका लागि भारतका अन्य भागबाट सैनिकहरू तैनाथ गरिएको छ र राज्यका अधिकांश भागमा कर्फ्यु र इन्टरनेट बन्द भएको छ।

भारतको सर्वोच्च अदालतले गत साता ‘मोदी’ समुदायको आलोचना गरेको भन्दै गान्धीविरूद्धको मानहानिको सजाय स्थगन गरेपछि गान्धीलाई सोमबार संसद्मा पुन: स्थापित गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा आलोचकहरूले उठाएको मुद्दामा गान्धीलाई मार्चमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

त्रिपन्न वर्षीय गान्धी स्वतन्त्रताका नेता जवाहरलाल नेहरुदेखि सुरु भएका तीन पूर्वप्रधानमन्त्रीका छोरा, नाति र पनाति हुनुहुन्छ । राहुलका मावली हजुरबुवा नेहरू, हजुरआमा इन्दीरा गान्धी र पिता राजिब गान्धीले भारतको प्रधानमन्त्रकिो जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

कुनै समय भारतको प्रमुख राजनीतिक शक्ति रहेको गान्धीको दल भारतीय काङ्ग्रेसले भाजपाविरुद्ध दुई पटक पराजय भोगिसकेको छ ।

गान्धी र उहाँका सहयोगीहरूले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि साना पार्टीहरूको ठूलो गठबन्धन बनाउने प्रयास गरिरहेका छन् भने भारतीय प्रधानमन्त्री मोदीले लगातार तेस्रो कार्यकालका लागि निर्बाचन अभियानमा जाने तयारी गरिरहनुभएको छ ।

मणिपुरमा हिन्दू बहुल मेइतेई बहुल र क्रिश्चियन समुदायको बाहुल्यता रहेको कुकी समुदायबीच गत मे महिनायता भएको सशस्त्र झडपमा कम्तीमा १२० जनाको मृत्यु भइसकेको छ ।

विरोधी समुदायका सदस्यहरूलाई बाहिर राख्न प्रतिद्वन्द्वी मिलिशियाहरूले नाकावन्दीहरू खडा गरेपछि राज्य जातीय आधारमा विभाजित भएको छ ।

झडप सुरु भएदेखि नै द्वन्द्वबारे बोल्न दुई महिनाभन्दा बढी समय लागेको भन्दै विपक्षीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।

अविश्वासको बहसको अन्त्यमा प्रधानमन्त्रीको सम्बोधन हुने र सम्भवत: बिहीबार यसमा मतदान हुनेछ । रासस