१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा नेविसंघका दुई समूहबीच नाराबाजी, प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ ।  सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच नाराबाजी भएको छ ।

बुधबार दिउँसो सानेपामा दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविस‌ंघ असन्तुष्ट पक्षबीच नाराबाजी भएको हो ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले ७१० केन्द्रीय सदस्य मनोनीत गरेका थिए । देउवाले विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् ।

नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिकरूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको उनीहरुले बताए ।

यससँगै सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी कार्यालयको प्रवेशद्वारमा टाँस गरिएको सूचनामा पार्टी केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला कार्य समितिका सभापति र सांसदबाहेकलाई प्रवेश निषेध गरिएको भनिएको छ ।