५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन– चितवन प्रशासन



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद्का घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी गराएको छ ।

चितवन प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जार फेसबुक र मुगलिन बजार भन्ने पेजबाट मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आरएटी टिम कालीखोलालगायतका ठाउँमा खटिएका भनी सुन्तला रङको ज्याकेटमा आरएटी लेखी वाकिटकी सञ्चारसहितका युवाको फोटोसहितको पोष्टमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

हिजो मंगलबार मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलाभन्ने स्थानमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराई ट्राफिक व्यवस्थापन गरेको भन्दै चितवन प्रशासनले भनेको छ, “कुनै अमूक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौँ ।”

उक्त पोष्टमा सञ्चारको साधन वाकिटकीसमेत देखिएकामा उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो होइन भनी छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको चितवन प्रशासनले जनाएको छ ।

प्रशासनले ठूला विपद्का घटनाहरुमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रुपमा जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएको सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने पनि जनाएको छ ।