• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

रजनीकान्तको फिल्म ‘जेलर’ हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा



एजेन्सी । भोली अगस्ट १० मा रजनीकान्तको फिल्म ‘जेलर’ रिलिज हुन लागेको छ । यसको अवसरमा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले रजनीकान्तको फिल्म हेर्न १० अगस्तमा बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई टिकट समेत नि:शुल्क दिइएको छ ।

यतिमात्र नभएर फ्यानहरुले फल्मको सफलताको लागि मदुरैस्थित तिरुपरकुण्डम मन्दिरमा बिशेष पुजाआजा गरेका छन् । उनीहरुले केहि नखाई खालि खुट्टामा गई विशेष पुजाआजा गरेका छन् ।

रजनीकान्त २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । ट्रेलरले रजनीकान्तलाई पहिले कहिल्यै नदेखेको अवतारमा देखाइएको छ र एक्शन-प्याक र सस्पेन्सफुल कथालाई संकेत गरेको छ। थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न फ्यानहरु आतुर छन् ।

‘जेलर’ रजनीकान्तको १६९ औँ फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले ‘थलाइवा १६९’ राखिएको थियो । पछि ‘जेलर’ राखियो ।