४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

लगातार दोस्रो हारपछि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

लगातार दोस्रो हारपछि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो
अ+ अ-

एजेन्सी । लगातार दोस्रो हारपछि भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित छ । शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हराएको हो । यससँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिज २–१ ले अघि छ ।

जितको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादवले ८३ रनको योगदान दिए । उनले ४४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

डेब्यू खेल खेलेका ओपनर यशस्वी जैसवाल एक रनमा आउट हुँदा शुभमन गिल ६ रन बनाएर पेभिलियनमा फर्किएका थिए । यस्तै, तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ र हार्दिक पान्ड्या २० रनमा नटआउट रहे ।

वेस्ट इन्डिजका अल्जारी जोशेफले २ विकेट लिए भने ओबेद म्याककोयले १ विकेट लिए ।

त्यसअघि गयाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित ४० रनमा नटआउट रहेका थिए । ओपनर ब्रेन्डन किंगले ४२ रन बनाउँदा कायल मेयर्स २५ रनमा क्याच आउट भए । जोनसन चाल्र्स १२ रनमा एलबीडब्लू आउट हुँदा निकोलस पुरन २० र शिम्रन हेटमायर ९ रनमा आउट भए ।

भारतको जितमा स्पिनर कुलदीप यादवले सर्वाधिक ३ विकेट लिँदा अक्षर पटेल र मुकेश कुमारले समान एक विकेट लिए ।

यस सिरीजको पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।