• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश



काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

खेलमा पहिलो अग्रता भने पारो एफसीले लियो । खेल सुरु भएको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरुआती अग्रता दिलाए । पारो एफसीले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्कायो । मछिन्द्रका खेलाडी विमल घर्तीमगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत सुन्दर गोल गरे ।

यसैगरी खेलको १५ औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले ओमोलाजा करिमको पासमा गोल गरेका हुन ।

खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे ।

यस जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्नेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । यस खेलको विजेताले बङ्गलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग आगामी भदौ ५ गते खेल्नेछ ।

मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । जसमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।  रासस