५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

ऊर्जा क्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ : मन्त्री बस्नेत

ऊर्जा क्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ : मन्त्री बस्नेत
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै यस्तो बताउनु भएको हो । मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताउनु भयो ।

उहाँले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत उत्पादन र खपतका समस्या सम्बोधन हुने बताउनु भयो । उहाँले विद्युत उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताउनु भयो। उहाँले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताउनु भयो। मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै ।

आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताउनु भयो । उहाँले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत उत्पादन गर्न सक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गर्नु भयो । उहाँले आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताउनु भयो। मन्त्री बस्नेतले वर्तमान अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ उर्जा मन्त्रालयले उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाउने काम करिव पूरा गरेका छौं । स्वतन्त्र उर्जा उत्पादकले उठाएका धेरै विषयहरुलाई मन्त्रालयले व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी त्यसको एक्सन प्लान्ट तयार गरेका छौं । अन्तर मन्त्रालय समन्वय नहुदाँ धेरै फाइलहरु धुम्छन भन्ने मेरो पनि गुनासो गरेको छ । वन मन्त्रालयले तयारी पुगि नसकेकाले फाइल केही दिन ढिला गरिदिन भन्ने गरेको सुनिन्छ । विद्युत विकास विभागतिर पनि त्यस्तै छ । त्यसकारण फाइल गुम्ने कुराको आफैले गम्भिरताका साथ सोच्नु होला । उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ छ । आगामी वर्ष ४ हजार माथि पुग्छौं ।’

‘सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउँछौं भनेर मात्रै हुँदैन । मुलुकको अर्थतन्त्रको अवस्था कस्तो हुन्छ । त्यसले निर्धारण गर्ने कुरा हो । अहिले मन्त्रालयले यदि हाम्रो जिडिपीको ग्रोथ रेट ७.२मा राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत उत्पादन गर्न सक्छौ. । अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता १२ हजार पुर्‍याउँछौं । विकासको क्रमलाई बदल्न सक्यौं भने तलमाथि बड्न पनि सक्छ । आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नु पर्छ । अहिलको अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरु छन् ।’

‘यी सबै कुरालाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी छ । सरकारले २५ हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको छ । सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन सक्ने आयोजनाहरु कुन–कुन हुन । त्यसको लिष्ट तयार गछौं । २५ हजार भार धान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण गछौं । त्यसको लागि विद्युत उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्नु पर्ने छ ।’

उहाँले सरकारले २५ हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको बताउनु भयो। उहाँले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने बताउनु भयो। उहाँले २५ हजार भार धान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण र विद्युत उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने बताउनु भयो ।