२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर लेखिएको छैन– माओवादी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुनै पनि कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर नलेखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले संसद् सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलो रहेको बताए ।

‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला? शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला ? कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ? अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरु कहाँ गएर प्रकट गर्ने ?’, उनले भने,’त्यसकारण प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाईहरुले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाईहरु सदन राख्न अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले सुनकाण्ड मात्र नभएर पहिल्यै देखि धेरै काण्डहरुमा पनि कुरा उठेको बताए । उनले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको जग्गा किर्ते गरेर हराएको विषयमा अनुसन्धान गरेर सरकारले जरामा पुगेको कुरालाई प्रशंसा गर्नुपर्ने बताए ।

सांसद पौडेलले यसअघि अरु नै गृहमन्त्री भएको बेलामा पनि सुन तस्करी हुने गरेको उल्लेख गर्दै अहिलेको सरकारले सुन समातेको विषयमा अनुसन्धान गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुपर्ने बताए ।