४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौं । कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्नमा जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया विश्वकप क्वार्टरफाइनलमा प्रवेश गर्ने सातौं राष्ट्र बनेको हो ।

कोलम्बिया र जमैकाबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५१ औं मिनेटमा कोलम्बियाकी कप्तान क्याटालिना उस्मेले निर्णायक गोल गरेकी थिईन् । उनको निर्णायक गोलमा कोलम्बियाले क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ ।

यसअघि आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड, स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।