• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

टि-२० क्रिकेटमा बाबर आजमको अर्को शतक



एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टि-२० क्रिकेटमा अर्को शतक बनाएका छन् । लंका प्रिमियर लिगअन्तर्गत कोलोम्बो स्ट्राइकर्सबाट खेलेका बाबरले गाले टाइटन्सविरुद्ध शानदार शतक प्रहार गर्दै जित दिलाएका थिए ।

जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको कोलोम्बोले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गालेलाई ७ विकेटले पराजित गर्न बाबर आजमले ५९ बलमा ८ चौका र ५ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । उनको यो टि-२० करिअरको १० औं शतक हो ।

टि-२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमानी वेस्टइन्डिजका क्रिस गेलले बनाएका छन् । उनले २२ शतक हानेका छन् । विराट कोहली, आरोन फिन्च, डेविड वार्नर र माइकल किलिंगरले समान ८/८ शतक हानेका छन् ।

कोलोम्बोका ओपनर पाथुम निसांकाले ५४ रन बनाए । पहिलो विकेटका लागि पाथुम निसांका र बाबरले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गालेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । गालेको लागि टिम सिफर्टले सर्वाधिक ५४ रन बनाए । भानुका राजपक्षे ३०, शेभन ड्यानियलले ४९ र लासिथ क्रुसपुलले ३६ रन बनाए ।

प्रतियोगितामा कोलोम्बो ४ खेलमा २ जित र २ हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।