२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि-२० क्रिकेटमा बाबर आजमको अर्को शतक



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टि-२० क्रिकेटमा अर्को शतक बनाएका छन् । लंका प्रिमियर लिगअन्तर्गत कोलोम्बो स्ट्राइकर्सबाट खेलेका बाबरले गाले टाइटन्सविरुद्ध शानदार शतक प्रहार गर्दै जित दिलाएका थिए ।

जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको कोलोम्बोले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गालेलाई ७ विकेटले पराजित गर्न बाबर आजमले ५९ बलमा ८ चौका र ५ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । उनको यो टि-२० करिअरको १० औं शतक हो ।

टि-२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमानी वेस्टइन्डिजका क्रिस गेलले बनाएका छन् । उनले २२ शतक हानेका छन् । विराट कोहली, आरोन फिन्च, डेविड वार्नर र माइकल किलिंगरले समान ८/८ शतक हानेका छन् ।

कोलोम्बोका ओपनर पाथुम निसांकाले ५४ रन बनाए । पहिलो विकेटका लागि पाथुम निसांका र बाबरले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गालेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । गालेको लागि टिम सिफर्टले सर्वाधिक ५४ रन बनाए । भानुका राजपक्षे ३०, शेभन ड्यानियलले ४९ र लासिथ क्रुसपुलले ३६ रन बनाए ।

प्रतियोगितामा कोलोम्बो ४ खेलमा २ जित र २ हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।




भर्खरै