२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई टाइब्रेकरमा हराउदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समय गोलबिहिन भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् भने जर्जिया स्टानवेले गोल गर्न सकिनन् ।

यस्तै,नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल रहिन् ।

जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इङ्ल्यान्ड पाँचौं राष्ट्र हो । यसअघि स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो ।

यसैगरी अन्य प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले स्विडेनको सामाना गर्नेछ भने इङ्ल्यान्डको प्रतिद्वन्द्वीको टुङ्गो लाग्न भने बाँकी छ ।