४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई टाइब्रेकरमा हराउदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समय गोलबिहिन भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् भने जर्जिया स्टानवेले गोल गर्न सकिनन् ।

यस्तै,नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल रहिन् ।

जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इङ्ल्यान्ड पाँचौं राष्ट्र हो । यसअघि स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो ।

यसैगरी अन्य प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले स्विडेनको सामाना गर्नेछ भने इङ्ल्यान्डको प्रतिद्वन्द्वीको टुङ्गो लाग्न भने बाँकी छ ।