• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सर्वोच्च अदालतले राहत दिएपछि राहुल गान्धीको सांसद सदस्यता पुनर्स्थापना 



एजेन्सी । मानहानि मुद्दामा सर्वोच्च अदालतले राहत दिएपछि लोकसभा सचिवालयले कांग्रेसका सांसद राहुल गान्धीको सांसद सदस्यतालाई पुनर्स्थापना गरेको छ ।

लोकसभा सचिवालयले एक सूचना जारी गर्दै उनको अयोग्यता खारेज भएको र उनको सदस्यता पुनर्स्थापना गरेको घोषणा गरेको हो। राहुल गान्धी केरलको वायनाडबाट लोकसभा सांसद हुन् ।

सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज गरिएको थियो ।

शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सदस्यता पुनर्स्थापना गरिएको हो।