२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी-२०: दीपेन्द्रको टिम टाइगर्सको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । ग्लोबल टी-२० क्यानडा २०२३ को उपाधि नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले जितेको छ ।

आईतबार भएको फाइनल खेलमा स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्सले अन्तिम बलमा ट्रफि आफ्नो नाम गरेको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो । आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए । त्यसअघि दोस्रो बलमा पनि रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए ।

रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे । दीपेन्द्र १६ रन बनाएर आउट भएपछि रसेललाई मौका दिएका थिए । यस्तै, शेर्फान रदरफोर्ड ३८ रनमा नट आउट रहदा क्रिस लिन ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

बलिङ तर्फ सर्रेका इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । सन्दीपले ३ ओभरमा २० रन दिए भने विकेट लिन सकेनन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले सर्वाधिक ५६ रन बनाउदै नटआउट रहे । आयन खानले २६ रन बनाए भने अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिदा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।