• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सकियो माओवादी बैठक: हलमा गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ को नारा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो ।

बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूबीच भएको एकअर्काप्रतिको आशंका अन्त्य भएको दाबी गरेका छन् ।

आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रचण्डले भने,’हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ।’

त्यसपछि केन्द्रीय सदस्यहरूले बैठकमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।

महासचिव देव गुरुङले दुई दुई पटक नारा लगाएर साथ दिन अनुरोध गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम लाल सलाम’ भन्दै बैठक टुंग्याएका थिए ।