१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर: अग्नि सापकोटालाई प्रचार विभाग, जनार्दन र वर्षमान प्रदेश इन्चार्जमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

केन्द्रीय समितिको बैठकअघि बालुवाटारमा बसेको पदाधिकारी बैठकमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार, उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ भने वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्।

यस्तै, अग्नि सापकोटा प्रचार विभागको जिम्मेवारी दिइएको छ। देवेन्द्र पौडेललाई मधेश प्रदेश इन्चार्ज र चन्द्रप्रकाश खनाल बलदेवलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष कृष्णबहादुर महरा- पार्टी एकता र समाजवादी मोर्चा

उपाध्यक्ष अग्निप्रसाद सापकोटा- प्रचार प्रसार विभाग प्रमुख

उपमहासचिव जनार्दन शर्मा- बागमती प्रदेश इन्चार्ज

वर्षमान पुन – विशेष प्रदेश इन्चार्ज

पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज