२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर: अग्नि सापकोटालाई प्रचार विभाग, जनार्दन र वर्षमान प्रदेश इन्चार्जमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

केन्द्रीय समितिको बैठकअघि बालुवाटारमा बसेको पदाधिकारी बैठकमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार, उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ भने वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्।

यस्तै, अग्नि सापकोटा प्रचार विभागको जिम्मेवारी दिइएको छ। देवेन्द्र पौडेललाई मधेश प्रदेश इन्चार्ज र चन्द्रप्रकाश खनाल बलदेवलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष कृष्णबहादुर महरा- पार्टी एकता र समाजवादी मोर्चा

उपाध्यक्ष अग्निप्रसाद सापकोटा- प्रचार प्रसार विभाग प्रमुख

उपमहासचिव जनार्दन शर्मा- बागमती प्रदेश इन्चार्ज

वर्षमान पुन – विशेष प्रदेश इन्चार्ज

पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज