३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति ९ बजे गएको पहिरोले तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्दै आएका बाबु-छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका बाबु ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय छोरी आश्मा तामाङ रहेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी छन्।

मृतक बाबु-छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।