७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति ९ बजे गएको पहिरोले तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्दै आएका बाबु-छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका बाबु ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय छोरी आश्मा तामाङ रहेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी छन्।

मृतक बाबु-छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।