• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

उत्तराखण्ड पहिरोमा बेपत्ता १९ जनाको खोजी कार्य जारी



उत्तराखण्ड । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १९ जनाको खोजीका उद्धारकार्य सुरु भएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू आज बिहान ५:३० बजेदेखि खोजीमा लागेका हुन्।

बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेकोले उद्दार र खोजी कार्यमा समस्या भइरहेको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी दिए ।

घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका छन्। सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । पहिरोमा १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए।