२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: जापान क्वाटरफाइनलमा प्रवेश, नर्वे पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्डको वेलिङटनमा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा जापानले नर्वेलाई ३–१ गोलले पराजित गरेको छ ।

यो जितसँगै जापान क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा जापानको भिडन्त डिफेन्डिङ च्याम्पियन संयुक्तराज्य अमेरिका र स्वीडेनबीचको खेलको विजेतासँग हुनेछ ।

निकै प्रतिस्पर्धात्मक आजको खेलमा जापानले नियमित अन्तरालमा गोल गरेर नर्वेमाथि निरन्तर दबाब दिएको थियो ।

जापानलाई पहिलो गोल १५औं मिनेटमा नर्वेले आत्मघाती रुपमा प्राप्त गरेको थियो । नर्वेली खेलाडी एंगेनले आत्मघाती गोल गरेकी थिइन् । तर लगत्तै २० औं मिनेटमा रिटेनले नर्वेका लागि गोल गरेर स्कोर बराबरी गरेकी थिइन् ।

जापानका लागि ५० र ८१ मिनेटमा क्रमश: शिमिजु र मियाजावाले गोल गरेर जित सुनिश्चित गरेका थिए ।

मियाजावाले यो सहित यस विश्वकपमा पाँच गोल गरिसकेकी छिन् । जापानले यसअघि सन् २०११ मा विश्वकप फुटबल जितेको थियो ।