२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर साहलाई पीएचडीका लागि काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरका नगर प्रमुख बालेन साहलाई काठमाडौँ विश्वविद्यालय ९केयु० ले पीएचडीका लागि फेलोसिप दिएको छ ।

साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिनु भएको थियो । ुकन्जरभेसन अफ नेवा हेरिटेज स्ट्रकचर टु प्रोमोट टुरिजम एण्ड इकोनोमीु मा पीएचडी गर्न लागेको उहाँले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

साथै उहाँले बालेन तीन बर्षमा डा. बालेन भन्ने पनि उल्लेख गर्नुभएको छ । साहले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा। श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।