२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ढकालद्वारा शालग्राम सङ्ग्रहालयमा औषधालयको उदघाटन



अ+ अ-

बागलुङ । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं संवर्द्धनमा लागिरहने बताउनुभयो ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको सङ्गमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रामसमेत सञ्चालनमा रहेको सोही स्थानमा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले बताउनभुयो ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोनाकालमा औषधोउपचार अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पूरा भएको बताउनुभयो ।

“कोरोनाकालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै बिरामी भएपछि यहाँ एउटा स्वास्थ्योपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो”, प्रपनाचार्यले भन्नुभयो, “कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलब्ध सेवा यहाँबाट प्रदान गर्न थालेका छौँ ।” मन्दिरमा आएको भेटी, शालग्राम सङ¬्ग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।

मुक्तिनाथ पिठाधिस्वर कमलनयन आचार्यले पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउँदै औषधालयलाई अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको बताउनुभयो ।

कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा योगदान गर्नुभएका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो । महासङ्घका अध्यक्ष ढकालले भूमिगतरूपमा निर्माण गरिएको शालग्राम सङ्ग्रहालयको निरीक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्थासमेत समेटिएको भूमिगत सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो ।

विश्वकै एकमात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम सङ्ग्रहालय लोप हुँदै गएपछि विसं २०७६ मा श्रीधराचार्यको सङ्ग्रहालय निर्माण गरेर सवा लाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४औँ जन्मजयन्तीका अवसरमा उहाँकै नाममा औषधालय स्थापना गरिएको हो ।रासस