• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने ★   अभिषेक बच्चनले १५ करोडमा ६ वटा अपार्टमेन्ट किने ★   योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ:  गृहमन्त्री लामिछाने ★   नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै ★   असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै ★   शिलाजीतमा यस्तो के छ, जसले शरीरलाई अपार शक्ति दिन्छ ? ★   मन्त्रालयको बजेट पुन:लेखन गर्नुपर्छ: प्रमुख सचेतक लेखक ★   प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी ★   दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए ★   संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

धनुषामा चोरीका घटना बढे: यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक



जनकपूर । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुव्र्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ ।

पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८/०७९ मा २५१ र आर्थिक वर्ष २०७७/०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए ।

गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो । उहाँले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने बताउनु भयो । आर्थिक वर्ष २०७८/०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७/०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको बताउनु भयो ।

चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुव्र्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुव्र्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।

चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र्र बनाएको छ । चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताउनु भयो ।

मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।