३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार संक्रमित, २५ दिन पछि दैनिक संक्रमित संख्या ३ लाख मुनि



अ+ अ-

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा दैनिक कोरोना संक्रमित हुनेको संख्या २५ दिनपछि तीन लाख मुनि आएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १५ लाख ७३ हजार ५ सय १५ परीक्षणमध्ये दुई लाख ८१ हजार ३ सय ८६ मा संक्रमण पुष्टि भएको हो ।

एक साता अगाडिसम्म भारतमा दैनिक संक्रमित हुनेको संख्या ४ लाख नाघेको थियो । योसँग भारतमा कोरोनाको दाश्रो लहर उच्च विन्दुमा पुगी झर्ने क्रममा रहेको बताइएको छ ।

नयाँ संक्रमितहरुमध्ये सबैभन्दा बढी ३४ हजार ३ सय ८९ महाराष्ट्रका, तमिलनाडुका ३३ हजार १ सय ८१, कर्नाटकका ३१ हजार ५ सय ३१, केरलाका २९ हजार ७ सय ४ र आन्ध्रप्रदेशका २४ हजार १ सय ७१ रहेका छन् । योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ४९ लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ७८ हजार ७ सय ४१ सहित भारतमा हालसम्म २ करोड ११ लाख ७४ हजार ७६ ले संक्रमण जित्न सफल भएका छन् ।

सोही अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार १ सय ६रहेको छ । भारतमा पछिल्लो साता दैनिक संक्रमित हुनेको संख्या ओरालो लागेपनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतमा हालसम्म दुई लाख ७४ हजार ३ सय ९० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

भारतमा हाल सक्रिय संक्रमित संख्या ३५ लाख १६ हजार ९ सय ९७ रहेको छ । भारतमा हालसम्म १८ करोड २९ लाख २६हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । रासस