४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो, करिब २५ नेपाली बेपत्ता



अ+ अ-

रुद्रप्रयाग । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी करिब २५ जना नेपाली बेपत्ता भएका छन् । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण पहाड चिरिँदा दुई वटा पसललाई पहिरोले पुरेको थियो । पसलमा काम गर्ने करिब २५ नेपाली भग्नावशेषमुनि पुरिएको बताइएको छ ।

दुर्घटना बिहीबार राति भएको हो । पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका छन्, तर बेपत्ताको पहिचान हुन सकेको छैन।

रुद्रप्रयागको गौरीकुण्डमा बिहीबार साँझदेखि पानी परिरहेको छ । राति झन् झन् झरी परेको थियो । पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

पहिरोको सूचना पाएलगत्तै जिल्ला प्रशासन, जिल्ला प्रकोप व्यवस्थापन, एसडीआरएफ र डीडीआरएफका टोली पनि घटनास्थलमा पुगेका थिए। तर, अविरल वर्षाका कारण रातभर पसलमा बस्ने सर्वसाधारणको ज्यान बचाउन सकिएको छैन ।

यसैबीच जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिहीबार राति २ बजे भारतको उत्तराखण्ड राज्य केदारनाथको फेद गौरीकुण्डमा होटल भएको ठाउँमा पहिरो जाँदा जुम्ला पातारासी गाउँपालिकालगायतका अन्य अनुमानित २०/२५ जना नेपाली दाजुभाइ रातिहोटलमा सुतिरहेको समयमा पहीरोमा परी होटलभित्रका सबै नदीमा खसेर दु:खद घटना घटेको जानकारी दिनुभएको छ ।

घटनामा परेकाहरुको उद्धार र खोजी कार्यमा जारी रहेको नेपालस्थित भारतीय दूतावास जानकारी दिएको उल्लेख गर्दै हराएका सम्पूर्णको खोजी र उद्धार कार्य छिटोभन्दा छिटो अघि बढाइदिन भारतीय दूतावाससँग आग्रह गर्नुभएको छ ।